सिमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णमा समाजको धन्यवाद

everest kitchen


धनगढी । सुदूरपश्चिमेली नेपाली समाजद्वारा भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन ब्याक्त गरेको छ।

नेपाल भारत सिमा क्षेत्रमा गौरीफन्टामा अलपत्र परेका आम सुदुरपश्चिमेलिहरुको उद्धार कार्यका निम्ति नेपाल सरकार ,सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन विभाग, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण हातहरुमा हार्दिक धन्यवाद ज्ञापन ब्याक्त गरिएको छ ।

साथै यस कोरोना भाईरस (कोभिड-१९)को स्वास्थ्य समस्याको न्यूनीकरण गर्नका निम्ति भारत तथा नेपाल सरकारले लागु गरेको कानुनलाई मध्येनजर गर्दै हामि सम्पूर्ण सुदूरपश्चिमेली नेपालीहरुले यस जटिल अवस्थामा आफ्नो तथा अरुको स्वास्थ्य सुरक्षाका निम्ति यात्रा नगरि आफ्नो सुरक्षित स्थानमा बसी असल नागरिकको भुमिका निर्वाह गर्न समेत समाजले विनम्र अनुरोध गरेको प्रचार विभाग प्रमुख दिनेश खड्का खप्तडि’ले जानकारी दिए ।

सिमा क्षेत्रमा अलपत्र परेका नौँ सय ९९ जना नेपालीहरुलाई २१ बसमा गन्तव्य पठाईएको थियो । सुदूरपीश्चम सरकार र स्थानीय प्रशासनले यातायात प्रालीसंग समन्वय गर्दै २१ वटा बसमा उनीहरुलाई गन्तव्य पठाएको थियो । प्रदेश सरकारको सहयोगमा प्रत्येक स्थानीय तहले क्वारेन्टाईनमा राख्ने सुदुरपश्चिम प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिसद बैठकले निर्णयको छ। सुदूरपश्चिमेली नेपाली समाजले मंगलबार केन्द्रीय अध्यक्ष धनबहादुर बलायर र महासचिव दिलेन्द्र प्रसाद जोशीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र जारी गरेको थियो । त्यस्तै सुदुरपश्चिमेलि नेपाली समाज शाखा मलेसिया क्षेत्रिय समिति मल्लका मलेसिया क्षेत्रिय समिति जोहोरबारु मलेसियाले समेत प्रेस विज्ञप्ति जारी गरेको थियो ।

उक्त अलपत्र परेका सुदुरपश्चिमेलिहरुलाई भारत दिल्लीको आन्नदविहार बस अड्डाबाट सुदुरपश्चिमेलि नेपाली समाज भारतको विशेष पहलमा र नेपाली राजदुतावास भारत , नेपाल सरकार, सुदुरपश्चिम प्रदेश सरकार, लगायत बिभिन्न समाजसेवीहरुको सहयोगमा उद्धार गरि नेपाल भारत सिमा क्षेत्रसम्म ३ वटा बसको व्यवस्थापन गरेको प्रचार विभाग प्रमुख दिनेश खड्का खप्तडि’ले जानकारी दिएकाछन ।