दक्षिण काेरियाका नेपालीहरुले द्रुत परिक्षण किट नेपाल पठाउने

everest kitchen


कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाद्वारा कोरोना भाइरस लागेको नलागेकाे तीन घण्टामा पत्ता लगाउन सक्ने कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउन आर्थिक सहयोग अभियान अघि बढेको छ ।

उक्त अभियानमा एकताबद्ध बिज्ञप्ती जारी गर्दै सुदुरपश्चिम समाज दक्षिण कोरियाले एक मुष्ट रुपमा दश लाख कोरियन वन सहयोग गरेको छ । समाजका अध्यक्ष विर बहादुर पाल र महासचिव ओम साउद्वारा हस्ताक्षरित विज्ञप्तिमा दश लाख वन आर्थिक सहयोग गरेको उल्लेख गरिए छ । यस संम्भावित क्षति कम गर्न कोरोना भाइरस परिक्षण गर्ने सामग्री खरिद गरि नेपाल पठाउने अभियानमा संस्थाले आर्थिक सहयोेगका साथै यस अभियानलाई साथमा रहेको एक्यवद्धता गरेका छ ।

अभियानमा नेपालीहरुले एकताको सन्देश दिदै आफनो देश प्रति देखाएको माया साच्चिकै नमुना भएको कोरियामा बसोबास गर्ने नेपालीले अनुभुति गरेका छन । जति चाँडै रकम जम्मा हुन्छ उति चाँडै नेपाल स्वास्थ्य सामग्री पठाउने आयोजकले बताएको छ । हाल नेपालमा कोरोना भाइरस परिक्षणको रिर्पोट थाहा पाउन काठमाडौमा मात्रै प्रबिधि सिमित मात्रमा रहेको छ । जसको रिर्पोट आउन पनि दुइ देखि तिन दिन सम्म लाग्ने गरेको छ ।

कोरोना भाइरस परिक्षण गर्ने कोरियाको यो प्रविधि बिश्वमै उत्कृष्ट भएको चर्चा छ । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष यदु लामिछानेको संयोजकत्वमा कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउने अभियान सन्चालन गरेको सुदुरपश्चिमेलि नेपाली समाज एसिया संयोजक तथा प्रचार विभाग प्रमुख दिनेश खड्का खप्तडि’ले जानकारी दिए ।