कालोबजारी गर्नेलाई कारबाही गर्ने बिप्लव नेकपाकाे चेतावनी

everest kitchen


काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पार्टीको जिल्ला समितिले बिहीबार सामाजिक सञ्जालमा प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

‘कालोबजारी गर्नेलाई हाम्रो पार्टीको तर्फबाट सक्त कारबाही गर्ने जानकारी गराउँदै कालोबजारी गर्ने व्यक्तिको पहिचान गरी खबर गर्नुहुन अनुरोध छ ।’ बिज्ञप्तिमा भनिएको छ ।