मलेसियामा काेराेनाका कारण मर्नेकाे सङ्ख्या २६ पुग्यो, एमसिओ अटेर गर्नेलाई धरपकड ..

everest kitchen

 

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण शुक्रबार दिउसाे सम्म मलेसियामा मर्नेकाे सङ्ख्या २६ पुगेकाे छ ।

मलेसियामा काेरानाकाे संक्रमितको सङ्ख्या अहिलेसम्म २ हजार १ सय ६१ जनामध्ये २ सय ५९ जनाकाे उपचार सफल भएकाे छ । अहिले मलेसियामा १८ सय ७६ जनामा संक्रमण सक्रिय रहेकाे छ ।

त्यस्तै मलेसियाले सरकारले एमसिओ अर्थात माेभमेन्ट कन्ट्रोल अडर नटर्नेहरुलाई धरपकड सुरु गरेकाे छ । बिशेष काम बाहेक बाहिर हिडडुल गर्ने दर्जनौं लाई पक्राउ गरि क्वारेन्टाइनमा राखिएकाे मलेसिया स्थित स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) संक्रमण नियन्त्रण गर्न १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द थप गरेर १४ अप्रिलसम्म थपेकाे छ ।