नेपालमा थप एकजनामा काेराेना संक्रमण

everest kitchen


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा काेराेना संक्रमणकाे पुष्टि गरेकाे हाे ।

सेति प्रादेशिक अस्पताल कैलालीमा भर्ना भएका ३४ बर्षिया एक पुरुषमा संक्रमण देखिएकाे मन्त्रालयले पुष्टि गरेकाे छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।