नेपालमा फेरि उपत्यका बाहिर भेटिए पाँचौं काेराेना संक्रमित

everest kitchen


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा पाँचौ काेराेना संक्रमितकाे पुष्टि गरेकाे हाे ।

पाँचौ संक्रमित १९ बर्षिया महिला रहेकाे र उनी उपत्यका बाहिर रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । उनी चैत चार गते बेल्जियम बाट कतार हुदै नेपाल अाएकी थिईन ।

यसअघि नेपालमा ४ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।