त्रासमा बागलुङ: संक्रमित युवतीले न जांच गरिन , न क्वारेन्टाइन बसिन

everest kitchen


काठमाडौं । काेराेना भाइरस (काेभिड-१९) विश्व महामारीको रुप लिईरहेकै बेला नेपालमा बिदेशबाट फर्केका ५ जनामा संक्रमण देखिएकाे छ । पाँचौ संक्रमित १९ बर्षिया युवती विदेशबाट फर्केपछि लक्ष्यण समेत देखा पर्दा नत जांच नै गरिन नत क्वारेन्टाइन नै बसिन ।

  नेपालमा भेटिएकी पाँचौ काेराेना संक्रमित  बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् । बेल्जियममा रहेका आमाबुबालाई भेटेर कतारकाे दाेहा हुदै नेपाल अाएकी उनले सामान्य पनि सतर्कता नपनाएकाे पाईएकाे छ । उनलेे गाउँ भेटघाट तथा घुलमिल पनि निरन्तर गरिरहेकाे स्थानीय अमृत मगरले जानकारी दिए ।

चैत ४ मा नेपाल अाएकी उनी साेहि दिन विमान चढेर पाेखरा पसगेकाे र त्यहाँबाट माईक्रो चढेर घर पुगेकाे बताएको छ । घर पुगेपछि उनलाई सामान्य ज्वरो र खाेकि पनि लागेकाे पाईएकाे बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले बताए । उनका अनुसार गाउँ अहिले अातंकित बनेकाे छ ।

कतार एयरवेजको साेहि फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमणको पुष्टि भएपछि अरु यात्रुको खोजी गर्ने क्रममा उनलाई सरकारी अधिकारीहरुले सम्पर्कमा ल्याएका थिए । सम्पर्कपछि उनमा केहि समस्या देखिएपछि धौलागिरि अञ्चल अस्पताल, बागलुङकाे आईसाेलेसनमा सतर्कता पुर्वक राखिएको थियाे । त्यहाँबा उनकाे स्वाब परिक्षण गर्न काठमाडौं पठाईएपछि उनलाई  काेराेना पाेजेटिभ देखिएकाे थियाे ।