बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने

everest kitchen


काठमाडौ । बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने भएकाे छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र चिकित्सक पनि प्राप्तमात्रमा रहेकाेेले उनलाई धाैलागिरि अस्पतालमै उपचार गरिन लागिएकाे हाे ।

प्रदेश स्वास्थ निर्देशक विनोद विन्दु शर्माका अनुसार थप व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) , भेन्टिलेटर, भिटिएम लगायतका सामाग्री पोखराबाट बागलुङ पठाउन लागिएको छ । केहि सामाग्री अस्पताल पहिलै रहेकाले उपचारमा सहज भएकाे अस्पतालले बताएको छ ।

संक्रमित किशोरी बेल्जियमबाट कतार हुदै चैत ४ मा काठमाडौ र काठमाडौं बाट पाेखरा बिमान स्थल हुदै बागलुङ पुगेकी थिईन ।

याे पनि पढनुहाेस
त्रासमा बागलुङ : संक्रमित किशोरीले न क्वारेन्टाइन बसिन , न जांच नै गरिन…