१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

everest kitchen

मुगु । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगुको खत्याड गाउँपालिका-४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।