दुबई लगायत भारतमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न समाजकाे गम्भीर ध्यानाकर्षण

everest kitchen

काठमाडौं । दुबई लगायत भारतका बिभिन्न स्थानमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न नेपाली मजदुर एकता समाजले गम्भीर ध्यानाकर्षण गराएको छ ।

समाजले सामाजिक संजालमा दुबईमा दर्जनौं र भारतीय नाका तथा बिभन्न स्थानमा सयौं नेपाली अलपत्र परि खान बस्न समेतको समस्या भएको भन्ने जानकारी पाएपछि ध्यानाकर्षण गरेकाे हाे । समाजकाे बिज्ञप्तिमा नेपाल सरकार परराष्ट मन्त्रालय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभाग,दुबई स्थित नेपाली
राजदुतावास भारत स्थित नेपाली राजदुतावास लगायतकाे ध्यानाकर्षण गराईएकाे छ ।

समाजले दुबई स्थित अलपत्र उदयपुरका नरबहादुर नेपाली, नवीन नेपाली त्यस्तै राजु पराजुली , दिपक स्यान्ताङ ,प्रसान्त तामाङ ,बिनोद स्यान्ताङ , मिलन पाख्रीन, अर्जुन स्यान्ताङ, आकाश गोले ,दिल कुमार स्यान्ताङ, आशिष् स्यान्ताङ, राज कुमार स्यान्ताङ ,बिजय पाख्रीन, बिरबल कामी रहेकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ । साथै अलपत्र पीडितहरुको सम्पर्क नं 009710566378389,
009710565717146,009710566378389 रहेकाे छ ।

उनीहरू एम बि ह्युमन रिसाेर्स मेनपावरबाट चार महिना अगाडी दुबईको स्थित फिलेक्स फ्यासिलिटि म्यानेजमेन्ट एलएलसि कम्पनीमा गएका हुन ।