लुकाई छिपाई राखेको ग्याँस सिलिण्डर बरामद

everest kitchen

धनुषा । जनकपुर उपमहानगरपालिका(११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको   हो ।  साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको बिभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको   बताएको छ ।