एक भाईरल तस्बिरका बारेमा प्रहरीले अनुसन्धान गर्ने

everest kitchen
फाेटाे सामाजिक सञ्जाल

काठमाडौं । सामाजिक सञ्जालमा भाईरल भईरहेकाे एक तस्बिरका बारेमा प्रहरीले अनुसन्धान गर्ने भएकाे छ ।

एक प्रहरी जवाले एकजना सर्वसाधारणलाई ग्यासकाे सिलिन्डर बाेकाएर भुईमा बसाएकाे दृश्य फाेटाेमा कैद गरिएकाे छ । फाेटाेमा धेरैकाे अनुमान घरयासि प्रयाेञ्जनकाे लागि ग्यास लिएर हिडेकाे र बिचमा प्रहरीले देखेपछि लकडाउन उलङघन गरेकाे भन्दै कारबाही गरेकाे हुन सक्ने छ ।

सामाजिक सञ्जालमा बिनाकाम हिडडुल गर्नेलाई कारबाही गर्न जरुरी भएपनि अत्यावश्यक कामकाे लागि यस्ताे गर्न नहुने भन्दै बिराेध जनाएको सन्दर्भमा यस तस्बिरकाे बारेमा अनुसन्धान गर्ने बताएको छ ।