काेराेना संक्रमितसंगै आएका अन्य यात्रु सम्पर्कमा नआउदाकाे सास्ती

everest kitchen

काठमाडौ । नेपालमा देखिएका काेराेना संक्रमितसंगै आएका अन्य यात्रु अझै सम्पर्कमा आएका छैनन । संक्रमितसंगै फरक-फरक तीन फलाईटबाट आएका ४सय ५८ यात्रुमध्य १ सय ५६ जना मात्रै सम्पर्कमा आएका छन ।

लकडाउन हुनुभन्दा केही दिनअघि मात्रै विदेशबाट आएका चारजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि उनीहरुसँगै आएका अन्य यात्रुहरु प्रहिले हरप्रयास गर्दापनि हम्मेहम्मे परेकाे छ । उनीहरु अाफै पनि सम्पर्कमा नआउदा र  सम्बन्धित जिल्ला र स्थानीयबाट सम्पर्क गर्दा पासपोर्टकाे ठेगाना भन्दा फरक ठाउँमा बस्ने हुदा समस्या उत्पन्न भएकाे प्रहरी प्रबक्ता एसएसपी उमेशराज जाेशीले बताए ।

दोस्रो र पाँचौं संक्रमित युवतीहरू  कतार एअरवेजको विमान क्युआर ६५२ बाट चैत ४ मा नेपाल आएका थिए । तेस्रो संक्रमित युवा संयुक्त अरब इमिरेटसबाट चैत ६ गते एअर अरेबियाको जी ९५३७ मा आएका थिए। त्यस्तै चौथो संक्रमित यात्रु चैत ७ गते दुबईबाट भारतको दिल्ली हुँदै भिस्तारा एअरलाइन्सको युके १५५ विमानमा काठमाडौं आएका थिए।

ती संक्रमितसंगै यात्रा गरेका र सम्पर्कमा आएका थुप्रैकाे पहिचान गर्न समस्या भैरेहकाे अवस्थामा संक्रमितको पहिचान लुकाउदा अन्य संक्रमितको  सम्पर्कमा आएका व्यक्ति सतर्कता नभएकाे भन्दै बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन ।