ईजरायलका प्रधानमन्त्रीमा पनि काेराेना संक्रमण

everest kitchen


ऐजेन्सि । ईजरायलका प्रधानमन्त्री ७० बर्षिया बेन्जामिन नेतान्याहुलाई पनि काेराेना भाईरसकाे संक्रमण देखिएकाे छ । नेतान्याहुलाई काेराेना संक्रमण देखिएपछि ईजरायल सरकारकाे नियम अनुसार सेल्फ आसाेलेसनमा गएका हुन ।

यसअघि नेगेटिभ देखिएकाेमा सोमबार आएको स्वास्थ्य परीक्षणको रिपोर्टमा प्रधानमन्त्री नेतन्याहुकाे कोरोना संक्रमण पाेजेटिभ देखिएकाे हाे । अब उनी १४ दिन सेल्फ आसाेलेसनमा बस्ने छन । साथै उनका सहयोगी पनि सबै जना सेल्फ आईसाेलेसनमा बस्नेछन ।

जनसम्पर्कमा नरहेका प्रधानमन्त्रीलाई कसरि संक्रमण भयाे भनेर अनुसन्धानकाे विषय बनेकाे अधिकारीहरुले बताएका छन । ईजरायलमा अहिलेसम्म ४ हजार ३ सय ४७ जनामा संक्रमण फैलिएकाे छ भने १६ जनाकाे ज्यान गैसकेकाे छ ।