सप्तरीमा दुई युवामाथि चरम यातना दिने सशस्त्रका हवल्दार कारबाहीमा

everest kitchen

काठमाडौं । केहिदिन देखि सामाजिक सञ्जालमा एउटा भिडियो भाईरल भएकाे थियाे । भिडियोमा एक सशस्त्र प्रहरीका जवानले लकडाउन उलङघन गरेकाे भन्दै दुईयुवालाई कुटपिटका साथै यातना दिएकाे देखिन्छ ।

भारतसँगको सीमामा घटेकाे याे घटनामा कुटाइ खाने दुईजना युवा भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा प्रहरीले कुटपिट गरेकाे सामाचार बाहिरिएपछि सशस्त्र प्रहरी हवल्दार  मनाेज चाैधरिलाई कारबाही गरिएकाे छ ।कुटपिट गर्ने चाैधरिलाई एक महिना निलम्बन गर्ने अझ बढि कारबाही गर्ने या एसएसपी उद्धव न्याैपानेले बताए ।

कुटाई खाने दसई युवा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादव रहेकाे साेहि गाउँपालिका अध्यक्ष दयानन्द गाेईतले बताए । गाेईतका अनुसार लकडाउन उलङघन गर्न नहुने र अत्यावश्यक सामाग्री सङकलन गर्न गएकालाई कुटपिट गर्न हुने बताए ।