स्वास्थ्य संस्थाले किन हेर्दैनन बिरामी ???

everest kitchen

विपेन उलङगे
काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे त्राससंगै देश नै लकडाउन भएकाे अबस्थामा स्वास्थ्य सेवा किलिनिक , हेल्थपाेष्ट, अस्पतालले बिरामी हेर्न मान्दैनन ।

स्वास्थ्य संस्थाले बिरामी नहेरेकाे गुनासाे स्वास्थ्यमन्त्रालयमा पनि पुगेका स्वयं स्वास्थ्य मन्त्रालय बताउछ । तर यस बिषयमा खासै केहि कदम चालेकाे भने देखिदैन । मङगलबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रबक्ता र मन्त्रालयकै स्वास्थ्य सल्लाहकारले स्वास्थ्य संस्थाले बिरामी नहेरेकाे गुनासो आएकाे बताए । तर यस बिषयमा सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरुले समेत मैनतरिकाले त्यस्ताे नगर्न अाग्रह मात्रै गरे ।

भक्तपुरको सानाे ठिमि स्थित मगर गाउँ निवासी बर्दि प्याकुरेल नजिकैको स्वास्थ्य किलिनिक मगर धुन्चेमा घाउकाे टांका काटन पुगे तर सामान्य टांका काटने स्टाप पनि नभएकाे भन्दै फर्काईयाे । किलिनिककाे फार्मेसी खुला राखेर आैषधि बिक्रीवितरण गरिरहेपनि टांका काटन किलिनिकले मनाही गय्राे । विरामीले टांका काटने सामान दिनु म आफै काटछु भन्दा स्टलाईज गर्नुपर्छ याे हामिसंग छैन भन्दै टारियाे । पछि नजिकैको अर्काे किलिनिकलाई अनुयविनय गरेपछि टांका मात्रै काटि दियाे ।

याे माथिकाे घटना क्रम एउटा प्रतिनिधि पात्र मात्रै हाे । तर यस्ता कयौं घटनाहरु सामाजिक सञ्जालमा यत्रतत्र भेटिन्छन् । काेराेनाकाे संत्रासले स्वास्थ्यकर्मी नै आतंकित देखिन्छन् । व्यक्तिगत सुरक्षा सामाग्रीहरु सरकारले सहज उपलब्ध गराउन सकेको छैन । केहि सामाग्री खरिद भएपनि निजि अस्पतालमा नपुग्नु , सरकारि अस्पतालमा जनशक्तिको आभाव हुनुले झन समस्या उत्पन्न गरेकाे छ ।

लकडाउन हुनुभन्दा अगाडि विरामिकाे पर्खाईमा बस्ने जति सक्याे बिरामी खिचातानी गरने प्राईभेट अस्पताल त अहिले सुनसान नै छन । बाध्यकारि अवस्था भएपछि सेवा निरन्तर गरेका सरकारि अस्पताल तथा काेराेना बिशेषकाे नाममा मात्रै खुलेका सुबिधा नभएका कयौं अस्पतालमा बिरामी सहज र सार्थक उपचार नपाउदा ज्यान गुमाउनेहरु बढेका छन ।

काेराेना त्रासले काेराेना आशंका गरिएका अहिलेसम्म करिब आधा दर्जन बढिले नेपालमा ज्यान गुमाई सकेका छन । यधपी नेपालमा हालसम्म जम्मा ५ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ भने त्यसमध्ये एक जनाले स्वास्थ्य लाभ गरिसकेका छन । काेराेनाकाे कारण विदेशमा बाहेक नेपालमा कसैले ज्यान नगुमाएपनि काेराेनाकाे अांशकामा ज्यान गुमाउनेहरु बढनु दु:खद हाे । जनप्रतिनिधिले पिपिई लगाई गाउँ डुल्ने तर स्वास्थ्यकर्मीले एउटा सर्जिकल मास्क समेत नपाई स्वास्थ्य सेवामा काम गर्ने अझ घरबेटीले काेराेना त्रासले स्वास्थ्यकर्मीलाई घर छाेडन दबाब दिने सन्दर्भ झन दु:खद छ ।

सरकारले यस बिषयमा मैन बस्नुभन्दा केहि उत्कृष्ट कदम चाल्न जरुरी छ ।