काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुग्याे, विश्वभरि ४२ हजार बढी

everest kitchen

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुगेको छ । बुधबार थप २ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ४५ पुगेकाे हाे ।

मलेसियामा २ हजार ९ सय ८ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएकाे छ भने ६ सय ४५ जनाले स्वास्थ्य लाभ गरेका छन ।

विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४२ हजार ५ सय २८ रहेकाे छ भने संक्रमितको सङ्ख्या ८ लख ६२ हजार ५ सय ७४जनामा संक्रमण रहेकाे छ । १ लाख ७१ हजार १सय २७ जनाले स्वास्थ्य लाभ गरेका छन ।