श्रीमतीले बचाउनुहाेस भन्छिन : उनकाे आंखामा हेरेर रुदै साहुकाे काममा जान्छु..

everest kitchen


म संग पैसा पनि छैन ।  श्रीमती होस्पिटलको बेडमा जीवन र मृत्यु संग लडिरहेकि छिन् । मलाइ बचाउनुस भन्छिन् । उनको आखामा हेर्छ रुदै साहुकाे काममा लाग्छु ।
घरमा आउछु छोराछोरीले सोधछ्न ” बाबा आमा कहिले ठिक हुनुहुन्छ भन्छन् । छोराछोरी लाई हेर्छु झनै भक्कानो फुटेर आउछ, यतिखेर मैले भगवान गुहारनु भन्दा अरु बिकल्पनै  देख्दिन म के गरु ??

याे मनरुवाउने शब्द भाव हाे गढवा गाउपालिका – ५  बन्की दाङका सर्जन घर्ती मगरकाे । सर्जन  विगत ५ बर्षदेखि राेजगारिकाे शिलशिलामा भारतको हरियाणा स्थित गुड गाउँमा सबपरिवार बस्दै आएका थिए । जेनचेन  आफ्नाे परिवारकाे लालनपालन र जीवन गुजारा गरिरहेका थिए । तर उनकाे जीवनमा ठुलाे समस्या आईलाग्याे । ७  महिना पहिला उनकाे श्रीमती गाेमा  घर्ती मगर अचानक  बिरामी परेर थलम परिन । जेनतेन गुडगाउँकै भिभेकानन्द आराेग्य केन्द्र अस्पतालमा भर्ना गरेपछि थाहा भयाे श्रीमती गाेमाकाे दुबै मृगौला फेल भएकाे ।

श्रीमतीकाे उपचार र छोराछोरीकाे लालनपालनमा ज्यामि काम गरेकै भरमा सम्भव नहुने भएपछि  सर्जन आजभोलि ज्यामी काम गर्दै  श्रीमती बचाउको लागीकाे सहयोग मनहरु खाेज्दै  भौतारिदै आएका छन ।

श्रीमती गोमालाई उपचार गराउदा गराउदै आफुले श्रमगरी कमाएको  पैसाले पुगेन, छोराछोरी पढाउने श्रीमतीको उपचार गर्ने कोठाभाडा खानाखर्च त्यसैमा गुजरा चलाउनु पर्नेभएपछि  सर्जन आजभोलि चिन्तामा परेका बताउछन ।
उनले हामीलाई सम्पर्क गरेर भने ” उपचार गराउद आफुसंग भएको पैसा पनि सबै सक्किसक्यो । श्रीमती लाई बिरामिले झन्झन् च्याप्दै गइरहेको छ। होस्पिटलले दिनदिनै डायलाईसिस गर्नुपर्छ भनिरहेकाे छ । एकदुइ पटक साथिभाइहरु संग ऋण लिएर श्रीमतीको डाइलासिस गराएकाे छु । तर आर्थिक अभावकै कारण उनकाे  नियमित  डायलाईसिस  हुनसकेको छैन ।

गाेमाकाे उपचारमा सङलग्न  डाक्टर  अभिजितले उपचारमा ढिलाइ गरे गाेमाकाे ज्यान जानसक्ने बताएपछि सर्जन आत्तिएकाे बताउँछन्  ।

सर्जनले हाम्रो माध्यमबाट सहयोगी व्यक्तिहरु माझ आर्थिक सहयोगकाे अपेक्षा सहित सहयोग अपिल गरेका छन । दृश तथा विदेशमा रहेका  नेपालीहरु र भारत स्थित बिभिनन  संगसस्थाहरु तथा व्यक्तिलाई सहयोग गरिदिन सर्जनकाे गुहार रहेकाे छ  ।

श्रीमान् सर्जन घर्ती मगर  00918750986819 (भारत ), पीडितकि दिदी हिमा परियार 009779847936944 (नेपाल ), पिडितकि बैनी निमा परियार 00966572474267(साउदी )
सम्पर्क गरेर सकेको सहयोग गरि दिन विरामीका श्रीमान सर्जनले अनुराेध गरेका छन ।