ओम्नीसंगकाे स्वास्थ्य सामाग्री खरिद ठेक्का रद्व , य्रापिड टेष्ट किट अहिले प्रयाेग नहुने(video)

everest kitchen


काठमाडौ । काेराेना भाईरस राेक्थाम तथा नियन्त्रण संगै सरकारले चीनबाट स्वास्थ्य सामाग्री खरिद तथा आपूर्ति गरेर सरकारलाई उपलब्ध गराउनकाे लागि ओम्नी ओेबिसिए ग्रुपसंग ठेक्का सम्झाैता गरेकाे छ ।

समयमै सामान उपलब्ध गराउन नसकेकाे भन्दै ठेक्का सम्झौता रद्द गरिएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार मार्च ३० तारिख भित्र सम्पूर्ण सामान उपलब्ध गराउनुपर्नेमा जम्मा १० प्रतिशत सामान आएकाे बताए । श्रेष्ठले भने उहाँको धरौटी जफत गरेर कालोसूचीमा लाने तयारी भएको छ’ । ‘अब भने फेरि पहिलेको टेण्डरका साथीहरुलाई बोलाउँदैछौं। थप आवश्यकताका लागि तीन दिनको सूचना निकाल्छौं। पांच दिन भित्र सामान उपलब्ध गारउने गरि सबैभन्दा सस्ताेमा जस्ले बाेल्छ उसंग पुनः नयाँ ठेक्का सम्झाैता गर्ने बताए ।

साथै महानिर्देशक श्रेष्ठले ७५ हजार य्रापिड टेष्ट किड अहिले प्रयोग नहुने र धेरै मात्रामा परिक्षण गर्नुपर्ने अवस्थामा मात्रै प्रयाेग गरिने बताए । य्रापिड टेष्ट किट चाईनाकाे मान्यता प्राप्त कम्पनीबाट ल्याईएकाे र यसका विस्वसनियता जाँच गर्ने क्रममा रहेकाे बताए ।

  1. भिडियोमा हेर्नुहास