सुदुरपश्चिमेली समाज द्धारा भारतमा अलपत्र नेपालीलाई खाध्यान्न बितरण

everest kitchen


मुम्बई। बन्दका कारण स्वदेश फर्कन नपाएका भारतका विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले खाद्यान्न सामाग्री वितरण गरेको छ।

विभित्र सामाजिक कार्यमा सक्रियता जनाउँदै आएकाे सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले महाराष्ट्र राज्यको बदलापुरमा अलपत्र रहेका दैलेखका २२ जना नेपालीहरुलाई खाध्यान्न राहत उपलब्ध गराएकाे हाे ।
सुदुरपश्चिमेलि नेपाली समाज मुम्बई जिल्ला समिती अध्यक्ष नबिन साउदको संयोजकत्वमा उक्त खाद्यान्न सामाग्री सहयोग गरिएकाे सामाजिक अभियन्ता प्रेम खड्काले जानकारी दिए ।

सुदुरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समिति कोषाअध्यक्ष भुवन भट्ट ,सुदुर पश्चिमेलि नेपाली समाज भारत केन्द्रिय महासचिव मोहन साउद ,महाराष्ट्र राज्य वरिष्ठ सल्लाहकार प्रेम खड्का ,राज्य अध्यक्ष सुरज प्रकाश ओझा.मुम्बई जिल्ला सदस्य हिमाल साउद राज्य उपाध्यक्ष पदम बाग राज्य संरक्षक कुशल साउद तथा सामाजिक अभियान्त करन साउदको विशेष पहलमा सामाग्री उपलब्ध गराईएकाे समाजका प्रचार विभाग प्रमुख दिनेश खडकाले जानकारी दिए ।