विश्वभरिकाे काेराेना महामारी बढदाे अवस्थामा, मर्नेकाे सङ्ख्या ४७ हजार नाघ्याे

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे विश्वव्यापि महामारीको कारण विश्व भर मर्नेकाे सङ्ख्या ४७ हजार २ सय ९० पुगेकाे छ ।

विश्वभरि काेराेना संक्रमितकाे सङ्ख्या अहिलेसम्म ९ लाख ३८ हजर ४ सय ५२ पुगि सकेकाे छ । १ लाख ९५ हजार ३ सय ८८ जनाले स्वास्थ्य लाभ लिएका छन ।

सबैभन्दा बढी मर्ने ईटलीमा रहेका छन । ईटलीमा १ लाख १० हजार ५ सय ७४ मा संक्रमण देखिदा मर्नेकाे सङ्ख्या १३ हजार १ सय ५५ जना रहेका छन । त्यस्तै स्पेनमा १ लाख ४ हजार ११८ जनामा संक्रमण देखिदा ९ हजार ३ सय ३८ जनाले ज्यान गुमाएका छन ।

यस्तै २ लाख १५ हजार बढि संक्रमण रहेकाे अमेरिकामा मर्नेकाे सङ्ख्या ५ हजार १ सय १२ रहेको छ । संक्रमणकाे पहिलाे चपेटामा परेकाे चीनमा भने सुधार भैरहेकाे छ ।