काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५० पुग्याे, विश्वभरि ४८ हजार नाघ्याे

everest kitchen

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ५० पुगेको छ । बुधबार थप ५ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ५० पुगेकाे हाे ।

मलेसियामा ३ हजार १सय १६ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएकाे छ भने ७ सय ३७ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४८ हजार १ सय ३५ रहेकाे छ भने संक्रमितको सङ्ख्या ९ लाख ४६ हजार ८ सय ७५जनामा संक्रमण रहेकाे छ । २ लाख ३ सय १७ जनाले स्वास्थ्य लाभ गरेका छन ।