नेपालमा छैटौं काेराेना संक्रमित भेटिए

everest kitchen

काठमाडौ । नेपालमा फेरि छैटौं काेराेना संक्रमित व्यक्ति फेला परेका छन । नियमित पत्रकार सम्मेलनमा बाेल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकास देबकाेटाले संक्रमित भेटिएकाे जानकारी दिएका हुन ।

दोस्रो र पाँचौं संक्रमित युवतीहरूसंगै कतार एरलाईन्सबाट चैत ४ मा संगै आएका अर्का एक्जनामा काेराेना संक्रमण देखिएकाे हाे । दाेस्राे , पाँचौ र छैटौं संक्रमित कतार एअरवेजको विमान क्युआर ६५२ बाट चैत ४ मा नेपाल आएका थिए ।

हालसम्म नेपालमा देखिएका ६ जना काेराेना संक्रमित मध्य १जनाले मात्रै स्वास्थ्य लाभ गरेका छ ।