नायक जय किशन बस्नेतकाे हिराे नम्बर १ युटुवमा सार्वजनिक

everest kitchen


काठमाडौं । नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ युट्युबमा सार्वजनिक भएको छ ।

नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइल टिभि च्यानल मार्फत सार्वजनिक भएको हो । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतसंगै एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

, एक्सन, कमेडी , थ्रिल तथा सस्पेन्स बिवष वस्तुलाई रोमाञ्चक तरिकाले कथावस्तु बुनेर निर्माण गरिएको निर्माण पक्षले बताएको छ । नायक जय किशन बस्नेतका अनुसार चलचित्र नेपाली हलहरुमा पनि सफल प्रदर्शन भएको र भारत, मलेसिया, सिंगापुर र ईन्डोनेसियामा पनि सफल प्रदर्शन गरिएकाे बताए । साथै उनका अनुसार युरोपेली देशमा बस्ने नेपालीहरुले पनि चलचित्र प्रदर्शनकाे निम्ता दिएपनि काेराेनाकाे कारण राेकियाे थियाे ।

स्वदेश तथा विदेशमा बस्ने नेपालीकाे माग अनुसार लकडाउनमा मनाेरञ्जन लिन सकुन भनेर चलचित्र युटुबमा राखेकाे निर्मान पक्षले बतायाे ।