यी क्षेत्रमा लकडाउन खुकुलो पारियाे

everest kitchen

काठमाडौ । सरकारले काेराेना भाईरस (काेभिड-१९ ) राेकथाम तथा नियन्त्रण गर्न गरिएकाे लकडाउनमा खाध्यानन तथा अत्यावश्यक वस्तु र ठूलो आयाेजना सञ्चालन गर्न दिने निर्णय गरेकाे छ ।

काेराेना भाईरस संक्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकले खाध्यान्न तथा अत्यावश्यक बस्तु र ठूला परियोजना सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
बैठकपछि अर्थमन्त्री तथा सञ्चार सञ्चार तथा सुचना प्रबिधि मन्त्री डाक्टर युवराज खतिवडाले उघाेग भित्र सुरक्षित राखेर काम चलाउने र यस्तो व्यवस्थापन स्थानीय प्रशासनले गर्ने बताएका छन ।

उनका अनुसार तामाकोसी , मेलम्ची लगात ठूला परियोजना, खाध्यान्न तथा अत्यावश्यक वस्त उत्पादन उघाेगमा सुरक्षा व्यवस्थापन गरेर सञ्चालन गरिनेछ । त्यस्तै हिउँदेवाली तथा कृषिमा वाह्य कामदार नल्याएर काम गर्न अवराेध नहुने बताए ।

यस्तै बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। त्यस्तै नेपाल -भारत सीमा नाकमा राेकिएका नेपालीलाई अपठेराे नपर्नेलगरि १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा राखेर मात्रै सिमा पार गर्न दिने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ ।