सरकारलाई देउवाकाे प्रश्न खरिद अनियमितताको अनुसन्धान र कार्वाहीमा किन ढिलाइ ?

everest kitchen
photo fille

काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएकाे भन्दै अनुसन्धान र कार्बाहिमा ढिलाइ बाेरे प्रश्न गरेका छन । उनलेे शुक्रबार एक बक्तब्य जारि गर्दै सरकारलाई प्रश्न गरेका छन?

देउवाद्धारा जारि वक्तव्यमा प्रश्न गर्दै देउवाले लेखेका छन ” खरिद अनियमितताकाे अनुसन्धान र कारबाहीमा किन ढिलाइ ?कोरोना सचेतना र सहयोग क्रममा नेपाली कांग्रेसले आफ्ना धारणा, सुझाव र अपिल नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । मेडिकल सामग्री खरिद प्रकरणमापनि पार्टीको धारणा सार्वजनिक भइ सकेको छ । तर यो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइ रहेकोे एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको बिषयलाई गम्भीरतापूर्वक लिएर यो वक्तव्य जारी गरेको छु ।

त्यस्तै अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य नभएको देउवाकाे ठहर छ ।

साथै देउवाले काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचारमा साइबर अतिक्रमण गरेर समाचार डिलेट गरिएकाे भन्दै आपत्तिजनाएका छन । यस प्रकरणका दाेषिलाई कारबाही गर्न पनि देउवाले माग गरेका छन ।