काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५३ पुग्याे, विश्वभर ५३ हजार बढी

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५३ पुगेकाे छ । शुक्रबार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ५३ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ३ हजार ३ सय ३३ जनामा संक्रमण देखिएकाे छ भने ८ सय २७ जनाले स्वास्थ्य लाभ गरेका छन । १ सय १८ जना गम्भीर बिरामी रहेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५३ हजार ५ सय ५८ रहेकाे छ भने संक्रमितको सङ्ख्या १० लाख २१ हजार २७ जनामा संक्रमण रहेकाे छ । २ लाख १४ हजार ८ सय ३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म ७जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।