नेपालमा थप ३ जनामा काेराेना संक्रमण, पहिलोपटक एकबाट अर्काेमा संक्रमण

everest kitchen

काठमाडौ । नेपालमा कोरोनाका नयाँ तीन जना संक्रमित फेला परेका छन । भरतकाे मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष , भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र यसअघि कैलालीमा भेटिएका संक्रमित युवाकाे आफन्त ३४ वर्षीय महिलनमा काेराेना संक्रमण भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै एक ब्ययक्तिबाट अर्को  व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । हालसम्म नेपालमा ९ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।