काेराेनाबाट मलेसियामा मर्नेकाे सङ्ख्या ५७ पुग्याे , विश्वभर ५९ हजारबढी

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५७ पुगेकाे छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ५७ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ३ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकाे छ भने ९ सय १५ जनाले स्वास्थ्य लाभ गरेका छन । ९९ जना गम्भीर बिरामी रहेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५९ हजार ४ सय ३ रहेकाे छ भने संक्रमितको सङ्ख्या ११ लाख २१ हजार ९ सय १९ जनामा संक्रमण रहेकाे छ । २ लाख ३० हजार २ सय १७ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।