उपत्यकामा लकडाउनमा कडाइ गरिदै करिब १३ सय जनालाई हाेल्ड

everest kitchen


काठमाडौं । काठमाडौं लगायत उपत्यकामा लकडाउन उलङघन गर्ने करिब १३ सय जनालाई प्रहरीले हाेल्ड गरेकाे गराएकाे छ ।

उपत्यकाका तीन जिल्लामा लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जनालाई नियन्त्रणमा लिएर होल्ड गराइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए ।  एसएसपी ज्ञवालीका अनुसार होल्ड गराइएकामध्ये १ हजार ४० पुरुष र २ सय ४८ जना महिला छन् । साथै ६२ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ ।

सरकारकाे शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत रोक लगाएको छ ।