विश्वभरि मर्नेकाे सङ्ख्या ६४ हजार बढि,१२ लाख संक्रमित

everest kitchen
ेुुृृृृ्ृ्ृृ्ृृृ्ृृृृ्ृृ

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६४  हजार ७ सय २९ पुगेकाे छ ।

अहिलेसम्म १२ लाख २  हजार  ४ सय ३५ मा देखिकाे संक्रमणमध्य २ लाख ४६ हजार ६ सय ३८ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा  मर्नेको सङ्ख्या १५ हजार ३ सय ६२ जनाकाे मृत्यु भई सकेकाे छ  । ईटलीमा १ लाख २६ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै ८८ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।यधपी ईटाली र स्पेनमा तुलनात्मक रुपमा पछिल्लोपटक गम्भीर बिरामीको सङ्ख्यामा कमी आएसंगै केहि राहत महशुस भएकाे छ ।

सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ । अमेरिकामा  ३ लाख ११ हजार ६ सय ३५ जना संक्रमित मध्ये अझै २ लाख ८८ हजार ३ सय ५६ जनामा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या ८ हजार ४ सय ५४ पुगेको छ ।

विश्वभरि फैलिएको काेराेना संक्रमण नेपालमा बढदाे अवस्था देखिएकाे छ । नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,४ जना धनगढी र दुई जना बागलुङमा रहेका छन ।  धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे ।