सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने

everest kitchen

काठमाडौं । सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने भएकाे छ । भारतबाट आएकामा पनि काेराेना संक्रमण देखिएपछि लाखौं नेपाली भारतबाट आएका कारण टेष्टकाे दायारा सरकारले बढाउन लागेकाे हाे ।

भारतबाट लाखौं नेपाली भित्रीए पनि क्वारेन्टाइनमा भने निकै सानाे सङ्ख्यामा बसेका छन । बांकीलाई पनि स्थानीय निकायकाे अगुवाइमा क्वारेन्टाइनमा राख्ने र हाल क्वारेन्टाइन बसेकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने तयारी थालेको बताएको छ । ठुलाे मात्रामा काेराेना टेष्ट गर्दा हालकाे मेसिनले नभ्याउने हुदा य्रापिड टेष्ट किट प्रयाेग गरिने र त्यसमा पाेजेटिभ देखिएका लाई राष्ट्रिय प्रयाेगशालामा थप परिक्षण गरिने स्वास्थ्य मन्त्रालयकन महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

साथै यसबारे आज बस्ने कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिमा छलफल हुने एक मन्त्रीले बताए । नेपालमा पनि संक्रमित बढेपछि सरकारले लकडाउनमा कडाइ गर्दै एक स्थानीयतह बाट अर्काेमा जान राेक लगाएको छ ।