काेराेनाबाट मलेसियामा मर्नेकाे सङ्ख्या ६१ पुग्याे , विश्वभर ६४ हजारबढी

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६४ पुगेकाे छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६४ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ३ हजार ६ सय ६२ जनामा संक्रमण देखिएकाे छ भने १ हजार ५ जनाले स्वास्थ्य लाभ गरेका छन । ९९ जना गम्भीर बिरामी रहेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ६४ हजार ९ सय ७३ रहेकाे छ भने संक्रमितको सङ्ख्या १२ लाख ५ हजार १ सय १जनामा संक्रमण रहेकाे छ । २ लाख ४७ हजार ९ सय ६१ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।