साउदी अरबमा ४ जना नेपालीमा पनि संक्रमण, मर्नेकाे सङ्ख्या ३४ पुग्यो

everest kitchen


काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे चार जना नेपालीमा संक्रमण देखिएकाे छ । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो।

आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो। उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ भने काेराेनाकाे कारण अहिलेसम्म नेपालीले ज्यान गुमाएका छैनन। साउदी अरबमा मर्नेकाे सङ्ख्या ३४ पुगेकाे छ । अहिलेसम्म २ हजार ३ सय ८५ मा संक्रमण देखिएकाेमा ४ सय ८८ जनाले स्वास्थ्य लाभ लिएका छन ।

अहिले विश्वभर ६५ हजार ८ सय ४१ जनाले ज्यान गुमाएका छन भने १२ लाख १८ हजार १ सय ५ जनामा संक्रमण देखिएकाे छ भने २ लाख ५३ हजार ८ सय १७ जनाले स्वास्थ्य लाभ गरेका छन ।