अमेरिकामा काेराेनाका कारण मृत्यु भएका भनिएका ङिमाकाे मुटु चल्यो

everest kitchen
ङिमा

काठमाडौं। अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको भनिएका एक नेपाली जीवितै रहेको पाइएको छ । अमेरिकामा बसोवास गर्दै आएका ङिमा तेम्बा शेर्पालाई अस्पतालले शनिबार मृत्यु भएकाे परिवारलाई खबर दिएकाे र पछि उनको मुटु चलि रहेकाे उनका दाजुले जानकारी दिएका छन ।

ङिमाका दाजु ल्हाक्पा यालु शेर्पाका अनुसार अस्पतालले उनको मृत्युको खबर दिएपछि परम्पराअनुसार उनको नाममा पुजापाठ समेत गरिएको थियो । अस्पतालले दिएको सूचनाका आधारमा परिवारले आफन्त र इष्टमित्रलाई ङिमाको मृत्यु भएको जानकारी दिएपछि विभिन्न किसिमले उनीप्रति श्रद्धाञ्जली दिने क्रम समेत सुरु भएको थियो । तर, अचानक उनी जीवितै रहेको खबर प्राप्त भएको दाजु ल्हाक्पाले एउटा फेसबुक पोस्टमार्फत बताएका छन् ।

दाजु ल्हाक्पाले पोस्टमा उल्लेख गरे अनुसार आइतबार बिहान फेरि उनको परिवारले अस्पतालमा सम्पर्क गर्दा अस्पतालले उनको मुटु चलिरहेको जानकारी दिएको ल्हाक्पाले उल्लेख गरेका छन् । उनले आफूहरुले नै दिएको सूचनाका आधारमा आफन्त र इष्टमित्रले श्रद्धाञ्जली दिएको हुँदा परिवारले यसलाई अन्यथा नलिने समेत उल्लेख गरेका छन् ।

ल्हाक्पाका अनुसार कोरोनाभाइरसको प्रकोपका कारण अस्पतालमा जो कोहीले प्रवेश नपाउने र अस्पतालले दिएको सूचनामै भर पर्नुपर्ने भएकोले यस्तो हुन गएको भन्दै उनले गलत सूचनाका कारण सृजना हुन गएको असहज परिस्थितिप्रति क्षमायाचना समेत गरेका छन् ।