मलेसियामा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्यामा सुधार

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६२ पुगेकाे छ । साेम्बार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६२ पुगेकाे हाे । तुलनात्मक रुपमा मर्नेको सङ्ख्यामा सुधार आएकाे हाे ।

हालसम्म मलेसियामा ३ हजार ७ सय ९३ जनामा संक्रमण देखिएकाेमा १ हजार २ सय ४१ जनाले स्वास्थ्य लाभ गरेका छन । १०२ जना गम्भीर बिरामी रहेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ७० हजार १ सय ७१ रहेकाे छ भने संक्रमितको सङ्ख्या १२ लाख ८२ हजार ४१ जनामा संक्रमण रहेकाे छ । २ लाख ६९ हजार ४ सय ५१ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।