काङ्ग्रेसले पनि बनायो काेराेना लक्ष्यण परिक्षण वेब एप

everest kitchen

 

काठमाडौं । प्रतिपक्षदल नेपाली काङ्ग्रेसले पनि काेराेना लक्षंयण परिक्षण गर्ने वेब एप निर्माण गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्मा द्धारा हस्ताक्षरित एक विज्ञप्ति जारि गर्दै विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले आज एक वेब एप जारी गरेको बताएको छ ।

https://www.nepalicongress.org/covid19/
नामक पार्टीको वेबसाईट मार्फत जारी वेब एपका विशेषता : घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परिक्षण जो कसैले गर्न सक्ने । कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण रस उपचारका लागि प्रेरित गर्ने । नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने दावी बताएको छ ।

ऐपकाे उद्देश्य : नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने , संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउंदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने काङ्ग्रेसले उल्लेख गरेकाे छ ।

त्यस्तै नेपाल मेडिकल एसोसिएसन पूर्व अध्यक्ष डा. अञ्जनी झा , सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएसनका उपाध्यक्ष डा. अनिलविक्रम कार्की, फोक्सो रोग विशेषज्ञ डा अशेष ढुंगानाकाे परामर्शमा ऐप तयार पारेकाे काङ्ग्रेसले बताएको छ ।