राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले गरे पदबहाली

everest kitchen

काठमाडौँ — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पदबहाली गरेका  छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गरेका हुन् ।

नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलगायतका उच्चपदस्थ कर्मचारी बैंक परिसरमा उपस्थित थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।

२०७३ मा डेपुटी गभर्नरबाट अवकाश भएका अधिकारी पछिल्लो चार वर्षदेखि बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । ‘गोरखा भूकम्प’को समयमा समस्यामा परेको मुलुकको आर्थिक तथा बैंकिङ क्षेत्रमा तत्कालीन गभर्नर चिरञ्जीवी नेपालसँग करिब आठ महिना डेपुटी गभर्नर भएर काम गरेका अधिकारीले संसारलाई नै समस्यामा पारेको कोरोना भाइरसबाट नेपालको वित्तीय क्षेत्रलाई जोगाउने जिम्मेवारी पाएका छन् ।

पदवहालीलगत्तै उनले गर्को पहिलो नीतिगत निर्णय पनि सोही सेरोफेरोमा नै केन्द्रित रहेको छ । कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न उनले कार्यदल नै गठन गरेका छन् । कार्यदलमा रहने सदस्यका बारेमा भने केन्द्रीय बैंकले केही बताएको छैन ।रासस