ड्युटी नआएपछि लुम्बिनी अस्पतालका पाँच चिकित्सक बर्खास्त

everest kitchen


काठमाडौं । काेराेना प्रकाेपकाे समयमै लुम्बिनी प्रादेशिक अस्पतालका पांचि चिकित्सकलाई बर्खास्त गरिएकाे छ ।

कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा पनि ड्युटीमा नआएपछि ती चिकित्सकलाई सामाजिक बिकास मन्त्री सुदर्शन बरालकाे निर्देशनमा अस्पतालले हटाएको हाे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खनालका अनुसार अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

ती चिकित्सकहरु करारमा रहेकाे अस्पतालले जनाएको छ ।