हस्तमैथुन सम्बन्धि भ्रम र तथ्यहरु : डाक्टर खेम कार्की

everest kitchen
डाः खेम कार्की

हस्तमैथुन मानिसकोलागि एक किसिमको बैकल्पिक यौन सम्बन्ध हो र स्वस्थ यौन व्यवहार हो । अनि यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूले हस्तमैथुनलाई अप्राकृतिक हो भनेका छैनन, बरू प्रोष्टेड ग्ल्याण्डको क्यान्सर हुनबाट बचाउँछ भनिएको छ ।

हस्तमैथुनबारे विकिपेडिया अनुसार “आफ्नो यौन अंगलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ । पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन् तर पुरुषको तुलनामा महिलाहरूले केही कम गर्ने भए पनि उनीहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ । हस्तमैथुन गर्दा यौन परिकल्पना महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द थपिन्छ ।

हस्तमैथुनका तरिकाहरू

हस्तमैथुन विभिन्न तरिकामध्ये हात वा हातसँग अन्य सामान्य सफाकिसिमका साधनहरू प्रयोग गरेर । महिलाहरूका लागि डिल्डो (लिङ्गकै आकारमा बनाइएको साधान) भाइब्रेटर, जी स्पट स्टिमुलेटरको प्रयोग गरेर, जेलीको प्रयोगद्वारा यौनांगमा घर्षण गरेर आदि तरिका अपनाएका हुन्छन भने कतिपयले एकअर्काको योनी चलाइ दिएर हस्तमैथुन गराइदिन्छन । त्यस्तै पुरुषहरूमा अधिकांशले यौनसम्पर्क गरेकै तरिकाले हातले लिङ्गमा घर्षण पैदागराइ हस्तमैथुन गरेका हुन्छन । बजारमा पुरूषका लागि बनाइएको योनी आकारका खेलौनाहरू पनि पाइन्छ, त्यसको प्रयोग गरेर यौन सन्तुष्टी प्राप्त गरेका हुन्छन ।

किन मन लाग्छ हस्तमैथुन गर्न ?

मानिसहरूलाई जब यौन सम्पर्क गर्न मन लाग्छ त्यतिबेला भावनात्मक रुपमा यौन उत्तेजितना (Emotion) हुन्छ । त्यसको समाधान गर्ने यौनसम्पर्कको सम्भावना नभएको अवस्थामा बैकल्पिक व्यवस्थापनका लागि हस्तमैथुन गर्दछन । हस्तमैथुन गरेपछि जब मानिस स्खलित (Ejaculated) हुन्छ त्यतिबेला चरम आनन्द प्राप्त गरेको हुन्छ । त्यसकारण मानिसलाई हस्तमैथुन गर्न मन लाग्छ ।

जब मानिस किशोरावस्थामा प्रवेश गर्दछ, त्यस बेला देखि उसका यौनिकतामा पनि परिवर्तनहरू आउँन थाल्दछन । जस्तैः हात पाखुराहरू बढ्न थाल्नु, काखीमा तथा यौनाङ्गहरूको वरपर भुत्लाहरू पलाउँन शुरू हुनु, केटाहरूको दाह्रीजुङ्गा पलाउँन थाल्नु र छाती र नाडी तथा पिँडुल्लाहरूमा पनि भुत्ला पलाउँनु आदिसँगसंगै भावनात्मक यौन संबेग तथा सामाजिक सम्बन्धहरूमा पनि परिवर्तन आउँन थाल्दछ । यी परिवर्तनहरू हुनभनेको उनीहरू यौन कार्यमा सक्षम हुँदै आउँनु हो । यस्तो बेलामा यौन चाहनाका साथै जिज्ञाशाहरू पनि बढ्दै जान्छ । यो समयमा उचित वातावरणमा यौन शिक्षा पाएनन भने जोखिमपूर्ण यौनसम्पर्क गर्नसक्दछन । यहि यौन चाहनामा यौनसम्पर्को विकल्पमा हस्तमैथुन गरेका हुन्छन ।

किशोरावस्थामा पुगेपछि विर्य र शुक्रकिट बन्ने प्रक्रिया शुरूहुन्छ र शरीर बढ्दै जाँदा त्यसको पनि बृध्दि हुन्छ र विर्यथैली भरिएपछि पोखिन्छ । विर्यको विकास र बृध्दि भएकै कारण पनि यौन चाहना बढ्दै जान्छ । यो चाहनाका कारण हस्तमैथुन गर्दछन । टेस्टोस्टेरोन ( एक किसिमको यौन हर्मोन अर्थात रसायन) अण्डकोष्बाट उत्पादन हुने गर्छ । यस यौन हर्मन टेस्टोस्टेरोनले शारीरिकका साथै प्रजनन् अंगहरूको पनि विकास गर्न भुमिका निर्वाह गरेको हुन्छ । यसका साथै यो हर्मनले यौन क्रियाकलाप र यौनिकताको विकासमा नियमन गर्दछ ।

हस्तमैथुन सम्बन्धी भ्रम र तथ्यहरू

हस्तमैथुनका बारेमा अनुसन्धान नहुँदासम्म मानिसहरू हस्तमैथुनलाई रोगले रोग निम्त्यउँछ भन्ने कुरामा भ्रम पालेका हुन्थे । हस्त मैथुन गर्नेलाई नकारात्मक दृष्टिले हेर्ने गरिन्थ्यो । समाजमा अहिले त्यो भ्रम विस्तारै कम हुदैगइरहेको छ ।

हस्तमैथुन बैकल्पिक यौन सम्पर्कको सबैभन्दा सुरक्षित यौन व्यहार हो । यसर्थ हस्तमैथुन गर्दैंमा पछुताउँनु, गल्ति गरिएको सोच्नु, कम्जोर ठान्नु आदि अनावश्यक चिन्ताले चाहिँ बरू मानिसलाई कम्जोर बनाउँछ ।

आबश्यकता अनुसार शरीरमा वीर्य नियमित रुपमा उत्पादन भइरहेको हुन्छ । अर्थात जति वीर्य निश्कासन गरिन्छ त्यति उत्पादन हुने हो त्यसैले हस्तमैथुनले प्रजनन प्रकृयामा नोक्सान पुर्याउदैन ।

तिब्र यौन चाहनालाई सुरक्षित तरिकाले बैकल्पिक रुपमा व्यवस्थापन गर्ने भरपर्दो विधिमा पर्छ हस्तमैथुन । हस्तमैथुनले यौनातुर पुरुष वा स्त्रीलाई आफूले ठानेको सामाजिक नैतिकता बाहिर हुन् यौनसम्बन्धबाट बचाउँछ । त्यसैगरी विभिन्न यौनजन्य सरूवा रोगहरूबाट जोगाउँछ ।

कतिपय पुरुषहरूमा हस्तमैथुनले दुब्लाइन्छ, विवाहपछिको यौनजीवन बिग्रन्छ, लिङ्ग टेढो वा सानो हुन्छ जस्ता भ्रम रहेकोहुन्छ । यौनी वा लिङ्ग त आफ्नै प्रक्रियामा बढ्छ र आफ्नै रुपमा रहन्छ, हस्तमैथुन गर्नुहोस वा नगर्नुहोस । हस्तमैथुन गर्नेको लिङ्ग बाङगो हुने वा योनी विग्रने (भर्जिन नहुने) भन्नेकुराहरू भ्रम मात्र हो ।

हस्तमैथुनकै कारण मानिस दुब्लाउँने होइन बरू हस्तमैथुन गर्नपनि मन लाग्ने र गरेपछि विभिन्न भ्रहरूका कारण मानसिक चिन्ता गर्दा चाहिँ दुब्लाउँन सकिन्छ ।

दिनमा वा हप्तामा कति पटकसम्म हस्तमैथुन गर्ने मिल्छ ?

यो जिज्ञाषा धेरै तन्नेरीहरूको मनामा हुन्छ । यसको ठ्याक्कै जवाफ छैन । किनकि यो विषय व्यक्तिको यौन चाहनामा भर पर्दछ । धेरै खाँदा चिनी पनि तितो हुन्छ भनिन्छ, कुरा यसको पनि त्यहि हो । आआफ्ना लिङ्ग वा योनीमा चोटपटक नहोस भनि ख्याल चाहसँ पुर्याउँनुहोला अन्यथा संक्रमण हुनसक्छ ।