सलमान खानले २३ हजार मजदुरकाे खातामा सहयोग पठाए

everest kitchen


ऐजेन्सि । बलिउड अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने मजदुरलाई सहयोग गर्ने घाेषणा गरे संगै सहयोग उपलब्ध गराएका छन । सलमानले पहिलो चरणमा २३ हजार मजदुरकाे खातामा ३-३ हजारका दरले सहयोग रकम उपलब्ध गराएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

सलमानले केही दिनपछि फेरि रकम पठाउने बताएको पश्चिम भारतीय सिने कर्मचारी संघका अध्यक्ष वीएन तिवारीले भारतीय मिडियालाई जानकारी दिएका छन् ।
सलमानले यो महिनाको ७ तारिखमा पहिलो चरणको रकम पठाएका थिए । सलमानले, यो संघसँग मजदुरहरुको सूची मागेका थिए । सलमानले मजदुरहरुको सूची मागेपछि संघले २३ हजार मजदुरको नाम पठाएको थियो ।

सलमान संगै अन्य कलाकारहरुले पनि केहिले सहयोग गरिसकेका र केहि कलाकारले गर्ने क्रम रहेकाे छ ।