अन्तर्राष्ट्रिय तामाङ परिषदकाे प्रवासी नेपालीको जीवन रक्षाकाे लागि सम्बन्धित सबैमा आग्रह

everest kitchen

 

काठमाडौं । कोरोना भाइरस (COVID-19) रोगको महामारी विश्वब्यापी फैलिएको र यस बिरुद्द आफ्नो तर्फबाट लिनुपर्ने पहलको सन्दर्भमा अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले अनलाइन भर्च्युवल बैठक गरेकाे छ । बैठकले सरकार तथा सम्बन्धित निकायलाई बिशेष ध्यानार्कषण गराएको छ ।

विश्व भर छरिएर बसेका आम नेपाली युवाहरुले रेमिट्यान्स बाट देशकाे आर्थिक टेवा पुय्राउदै आएकाेमा अहिले बिषम परिस्थितिमा समस्या परेकाेले बिभिन्न देश र स्थानमा समन्वय सयन्त्रकाे आवश्यकता रहेकाे बैठकले निष्कर्ष लिकालेकाे छ । बैठकले एक विज्ञप्ति जारि गर्दै खाडी मुलुकका विभिन्न देशस्थित नेपाली कुटनीतिक नियोगहरुकाे पहलमा गैर आवासीय नेपाली संघ लगायत राजनीतिक र सामुदायिक संघ/संस्थाहरु सम्मिलित साझा संयन्त्रहरु निर्माण गरि यो महामारी बिरुद्धको साझा पहलमा अन्तराष्ट्रिय तामाङ परिषदका सदस्यहरुको समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै जुन देशमा त्यसखालको संयन्त्रहरु बनेका छैनन् ती देशहरुमा तत्काल सबै संघ/संस्थाहरु सम्मिलित साझा संयन्त्र निर्माण गरी बृहत र एकीकृत सहकार्यको वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएकाे छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद संग सम्मेलित परिषद सदस्य संस्थाहरुले नेपाल सरकारको कोरोना पीडि़त राहत तथा उद्धार कोषमा सक्दो आर्थिक सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै सम्बन्धित काेराेना प्रभावित देशहरुमा परिषदका सदस्य संस्थाहरुसंग समन्वय गर्न पनि परिषद द्धारा जारि विज्ञप्तिमा उल्लेख छ ।