काेराेना उपचार काेषकाे लागि नेपाल प्रहरीका अधिकृतस्तरकाे तलब काटिने

everest kitchen


काठमाडौं । काेराेना भाईरस राेकथाम, नियन्त्रण तथा उपचार काेषकाे लागि नेपाल प्रहरिकाे अधिकृतस्तरकाे दर्जाअनुसार तलब काटिने भएकाे छ । प्रहरी प्रधान कार्यालय नक्सालले एक सुचना जारि गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

सुचनामा उल्लेख भएअनुसार आगामी बर्ष २०७७ जेठ महिनाकाे तलब अन्तर्गत तलब कट्टा गरि काेषकाे खातामा जम्मा गरिने बताईएकाे छ । प्रहरि सहायक निरिक्षक र प्रहरी नायक निरिक्षककाे ३/३ दिन , प्रहरी निरिक्षक देखि प्रहरी उपरीक्षक सम्म ५/५ दिन र प्रहरी बरिस्ठ उपरीक्षक देखि प्रहरी महानिरिक्षकसम्मकाे ७/७ दिनकाे तलब काटिने भएकाे हाे ।

प्रहरी प्रधान कार्यालय तथा प्रत्येक्ष मातहतका कार्यालयले रकम एकमुष्ठ जम्मा गरि प्रहरी प्रधान कार्यालयमा भाैचर बुझाउन सुचनामा भनिएकाे छ ।