भाेलि र पर्सि उपत्यका बाहिर जान दिन भनेकाे निर्णय उल्टियाे

everest kitchen

 

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर भाेलि र पर्सि जान  नदिने भएकाे छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो ।गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो । उक्त निर्णय डेढ घण्टामा उल्टिएकाे हाे ।

यसबारे समाचारहरु प्रकाशित भएका थिए । यधपी प्रदेश सरकारका प्रतिनिधि काे असहमति र गृहले दुईदिनमा बाहिर पठाउन व्यवस्था असम्भव भएकाे बताएपछि निर्णय उल्टिएकाे स्राेतले बताएको छ ।