अपरिपक्व मिडिया की सरकार ? हतारो कसलाई ?

everest kitchen

विपेन उलङगे

काठमाडौं । विश्वभर काेराेना भाईरस (काेभिड-१९) काे महामारी फैलिएको अवस्थामा नेपाल पनि समस्या परेकाे छ । नेपालमा पनि काराेना संक्रमण देखिनु झन ठुलाे समस्याकाे रुपमा आएकाे छ । यसलाई राेकथाम तथा नियन्त्रण गर्न सरकारले नै देश पुरै लकडाउन गरेकाे छ ।

काेराेनाकाे प्रकाेप बिभिन्न देशका सरकारहरु सक्रिय रहिरेकाे बेला सम्बन्धित सम्पूर्ण देशका मिडियाहरु पनि सरकारकाे अधिनमा रहेर सक्रिय छन । नेपालमा पनि छापामाध्यममा केहि असर परेपनि अनलाइन तथा अन्य संस्करणहरु भने सक्रिय छन । यधपी सुचना , समाचारकाे एकरुपता तथा आधिकारिकता र नियन्त्रण नहुदा बारम्बार समस्य उत्पन्न भएकाेे पाईन्छ । पाेखरामा काेराेना पाेजेटिभकाे कुराे हाेस वा आज उपप्रधानमन्त्रीकाे निर्णयकाे सुचना हाेस , दुबै सुचना आधिकारिक भनिएका व्यक्तबाट प्राप्त भएपनि केहि समयपछि त्यसमा सत्यता नभएकाे भनेर उल्टिनुले झन अन्याैल ता उत्पन्न गरेकाे छ ।

सरकारले भट्टाभट निर्णय गर्ने अनि सुचना फ्याट मिडियामा दिएर प्रचारप्रसार गर्ने सरकारकाे हताराे र समाचार प्रकाशन गर्ने सञ्चार जगतकाे हताराेले अन्याैल उत्पन्न गरेकाे जनगुनासाे यत्रतत्र रहेकाे छ । हतारमा सुचना बाहिरीनु र हतारोमा समाचार प्रकाशित हुनु  सरकारकाे अपरिपक्वताकाे पराकाष्ठा भएकाे धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएकाेे पाईन्छ । यदि सरकारका व्यक्तिबाट सुचना प्राप्त नगरेे अन्दाजका भरमा ठुला स्थापित मिडियाले समाचार नलेख्ने धेरैकाे अनुमान छ ।

त्यसाे त उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलले एक विज्ञप्ति जारि गर्दै काठमाडौं बाहिर जान दिने भन्ने समाचारकाे सत्यता नभएको पुष्टि गरि सकेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखदै शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने भन्ने समाचारकाे खण्डन गरे हुन ।

उपप्रधानमन्त्री पाेखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठ र अन्य सरकारवाला मन्त्रालयका प्रतिनिधिबाट सुचना बाहिरीएपछि बिभिनन सञ्चारमाध्यमले उक्त सुचना स्राेतलाई आधार बनाई समाचार प्रकाशित गरेका थिए । यधपी समाचार बाहिरएकाे केहि समयपछि पांच नम्बर प्रदेशका मुख्यमन्त्री देखि केहिले यस्तो निर्णयले लकडाउनकाे आैचित्य नहुने बताएका थिए ।

त्यस्तै भाैतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ , गृह लगायतले उक्त निर्णयलाई कार्यनयन गर्न सहज नभएकाे बताएपछि उपप्रधानमन्त्री पछि हटेकाे बुझिएको छ । यधपी यस सम्बन्धमा कुनैपनि निर्णय नभएकाे भनि स्वयं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलले फेसबुकमा स्टाटस रुपि एक विज्ञप्ति जारि गर्दै स्पष्ट पारेका छन ।

यस्ताे विज्ञप्ति

‘भोली र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति