एनआरएन दक्षिण काेरियाले खरिद गरेकाे स्वास्थ्य सामाग्री नेपाल पठायो

everest kitchen


दक्षिण काेरिया । गैरआवसीय नेपाली संघ (एनआरएन) दक्षिण काेरियाकाे सक्रियतामा खरिद गरिएकाे ४ हजार काेराेना भाईरस परिक्षण सामाग्री नेपाल पठाएकाे छ ।

एनआरएनए दक्षिण कोरियाले ४ हजार थान कोभिड किट,आरएनए मिनीकिट ४ हजार थान,पिपिई सेट ५ सय थान कार्गो गरिको एनआरएन दक्षिण काेरियाका उपाध्यक्ष संजिब राईले जानकारी दिएका छन । एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट सामाग्री खरिद गरिएकाे हाे ।

त्यस्तै एनआरएनए दक्षिण कोरियाले बांकी समाग्रीमा गाउन पीपीइ सेट २००० थान, एन–९५ मास्क १०००० थान, सर्जिकल मास्क २००००, गगल्स २०००, प्रोटेक्टिङ भाइजर २०००, ग्लोब १०००० र आइआर थर्मोमिटर ५०० थान चीनबाट नेपाल पठाउने तयारी गरेकाे बताएको छ ।दक्षिण काेरिया सरकारले काेराेना परिक्षण सामाग्रीहरु विदेश निर्यातमा प्रतिबन्ध लगाएकाे कारण किट किनेर बांकी रहेकाे रकमबाट चीनमा सामाग्री खरि गरि पठाउन लागिएको संघले स्पष्ट पारेकाे छ ।

यसअघि संघले कारिया -नेपाल चार्टर्ड उडान अनिश्चित हुदा किनिएकाे सामान पनि पठाउन नसकेकाे बताएको थियाे ।