विश्वभरि मर्नेकाे सङ्ख्या 95 हजार बढि , अमेरिकामा १६ हजार  बढिकाे मृत्यु

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ९५ हजार ७ सय ५१ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४९ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म १६ लाख ५ हजार  २ सय ७७ मा देखिकाे संक्रमणमध्य ३ लाख ५६  हजार ९ सय ३५ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा  मर्नेको सङ्ख्या १८ हजार २ सय ७९ जनाकाे मृत्यु भई सकेकाे छ  । ईटलीमा १ लाख ४३ हजार  बढिमा देखिएकाे संक्रमणमध्य अझै ९६ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ भने पछिल्लो समय मर्नेकाे सङ्ख्या पनि स्पेन भन्दा बढि अवस्थामा रहेकाे छ । अमेरिकामा  ४ लाख ६८ हजार ८ सय ९५ जना संक्रमित मध्ये अझै ४ लाख २६ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या १६ हजार ६ सय ९७ पुगेको छ । त्यस्तै यसअघि अमेरिका भन्दा  स्पेनमा मर्नेकाे सङ्ख्या धेरै रहेकाे थियाे । सपेनमा १ लाख ५३ हजार २ सय २२ काेराेना संक्रमित हुदा १५ हजमर ४ सय ४७ जनाले ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेना  नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,४ जना धनगढी र दुई जना बागलुङमा रहेका छन ।  धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे ।