मलेसियामा एमसिओ दुई हप्ता लम्बियाे , काेराेनाकाे कारण मर्नेको सङ्ख्या ७० पुग्याे

everest kitchen
file photo

क्वालालम्पुर । मलेसिया सरकारले बाहिरी आगमन नियन्त्रण आदेश -मुभमेन्ट कन्ट्राेल अडर (एमसिओ) १४ दिन थप गर्दै अप्रिल २८ सम्म लागु गरेकाे छ ।

मलेसियन सरकारले आगामी अप्रिल २८ तारिख सम्म अागमन नियन्त्रण आदेश थप गरेकाे मलेसियाका प्रधानमन्त्री तान श्री मुह्यिद्दिन यासिनले टेलिभिजन सम्बाेधन गर्दै जानकारी दिएका हुन । उनका अनुसार स्वास्थ्य मन्त्रालय र चिकित्सा विशेषज्ञहरूको सल्लाहमा आधारित रहेर सरकारले एमसिओ थप गरेकाे उल्लेख गरे । साथै याे निर्णय विश्व स्वास्थ्य संगठनकाे दृस्ठिकोण संग मिल्दोजुल्दो रहेकाे र यस्ले राेकथाम तथा नियन्त्रणमा साथ दिने उनले उल्लेख गरे ।

त्यस्तै प्रधानमन्त्री मुह्यिद्दिन भनेका छन ” जबसम्म बिध्यार्थी स्कुल जाने वातावरण बन्दैन तब सम्म ” घर-घरमा आधारित रहेर अनलाइन माध्यमबाट बिधायार्थीहरुलाई शिक्षा दिईने बताएका छन । उनले थपे आर्थिक क्षेत्रहरु चरणबद्ध रुपमा खोलिने सरकारले निकट भविष्यमा घोषणा पनि गर्नेछ ।मुहिद्दीनले भने: “एमसीओले रमजानको महिनामा पनि प्रवेश गर्ने भएकालेे त्यस समयमा रमजान बजार र मस्जिदहरूमा कुनै तेरावीहको प्रार्थना नहुने स्पष्ट पारे । उनका अनुसार विश्वकाे मृत्यु दर भन्दा मलेसियाको मृत्यु दर कम रहेकाे उल्लेख गरे ।

गत मार्च १८ देखि ३१ सम्म लागु गरिएकाे आगमन नियन्त्रण कार्यक्रमलाई दाेस्राेपटक थप गरेर अप्रिल १४ सम्म थपेकाे थियाे । यधपी मलेसियाले तेस्रोपटक थप गर्दै आगामी अप्रिल २८ सम्म एमसिओ लागु गरेकाे हाे ।

मलेसियामा काेराेनाकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ७० पुग्यो 

मलेसियामा काेराेनाकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ७० पुगेकाे छ । आज शुक्रबार मात्रै ३ जनाकाे मृत्यु भएकाे हाे ।

मलेसियामा हालसम्म ४ हजार ३ सय ५६ जना मा काेराेना संक्रमण देखिएकोमा १८ सय ३० जनाले स्वास्थ्य लाभ गरेका छन । जस अन्तर्गत ४ सय १६ जना विदेशीलाई संक्रमण रहेकाे मलेसियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा काेराेना संक्रमितकाे सङ्ख्या दैनिक १ सय बढिकाे सङ्ख्या फेला परिरहेका छन भने आज मात्रै १ सय १८ जना संक्रमण पुष्टि भएकाे छ ।

मलेसियामा काेराेना संक्रमित बिदेशीलाइ सरकारले उपचार गर्ने गरेकाे छ ।