कालाेबजारि गर्नेे मिटसप र खाध्य स्टाेरलाई लाखौं जरिवाना

everest kitchen


काठमाडौं । सरकारले बिभिन्न कालाेबजारि सरकारले जरिवाना तिराएकाे छ । म्याद गुज्रिएका सामान र खसिकाे मासुमा कालाेबजारि गर्नेलाई जरिवाना गराईएकाे हाे ।

वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले शुक्रबार नयाँ बानेश्वरको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।आईकालुले खसीको मासु १८ सय रुपैयाँ प्रतिकिलोमा विक्री गरिरहेको भेटाएको हो । यसअघि बुधबार पनि विभागले बत्तीपुलतलीको मुस्कान मिट सपलाई २ लाख जरिवाना तिराइएको हो । बाहिरबाट खसी नआएको बाहाना बनाएर मासुमा चर्को कालोबजारी भइरहेको पाईएकाे हाे ।

त्यस्तै कलंकीमा स्थित चितवन खाद्य स्टोर्सले बढी मूल्यमा खाद्यान्न बचेको भेटिएपछि २ लाख जरिवाना गरिएको छ । बाफलस्थित न्यूबीके स्टोरले राहत सामग्रीमा म्याद नाघेको सामान प्याक गरेर बेचेको पाइएपछि ३ लाख जरिवाना गराइएको बिभागले बताएको छ ।