विश्वभरि मर्नेकाे सङ्ख्या १ लाख बढि , अमेरिकामा एकैदिन २ हजारकाे मृत्यु

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख २ हजार ७ सय ३४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४९ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म धन्नै १७ लाख मा देखिकाे संक्रमणमध्य ३ लाख ७६ हजार ३ सय ३० जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु ईटलीमा भएकाे छ । ईटलीमा हालसम्म १८ हजार ८ सय ४९ जनाकाे मृत्यु भईसकेकाे छ । ईटलीमा १ लाख ४७हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै ९८ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

अमेरिकामा २४ घण्टामा २ हजार मृत्यु भएकाे छ । अमेरिकामा अहिलेसम्म मर्नेको सङ्ख्या १८ हजार ७ सय ४७ जना रहेका छन । विश्वमै सबैभन्दा बढि संक्रमित ५ लाख बढि अमेरिकामा रहेका छन । सपेनमा १ लाख ५८ हजार २ सय ७३ काेराेना संक्रमित हुदा १६ हजार ८३ जनाले ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,४ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे ।